मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘शोले’को २० रुपैयाँको टिकट देखाउँदै अमिताभ बच्चनले गरे पुराना दिनको सम्झना

एजेन्सी- बलिउड महानायक अमिताभ बच्चन सामाजिक सञ्जाल र आफ्नो व्यक्तिगत ब्लगमार्फत् प्रायः पुराना अनुभव, स्मृतिहरू र रोचक सामग्री साझा गर्दै आइरहेका छन्। हालै उनले सन् १९७५ मा रिलिज भएको सुपरहिट फिल्म ‘शोले’को टिकट सार्वजनिक गर्दै पुरानो दिन सम्झिएका छन्।

अमिताभले उक्त टिकटको फोटो आफ्नो ब्लगमा पोस्ट गर्दै लेखेका छन्, “शोलेको टिकट सुरक्षित राखिएको छ। यसको मूल्य २० रुपैयाँ थियो। अहिले सिनेमाघरहरूमा यति मूल्यमा त पेय पदार्थ पनि आउँदैन रे। के यो सत्य हो?”

उनले पोस्ट गरेका तस्बिरहरूमध्ये एकमा शोलेको टिकट स्पष्ट देखिन्छ। उक्त पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ।

‘शोले’ फिल्म धर्मेन्द्र र अमिताभ बच्चन अभिनीत रमेश सिप्पी निर्देशित कालजयी चलचित्र हो। जय र वीरू नामका दुई पात्रको कथा प्रस्तुत गर्ने यो फिल्म भारतको सबैभन्दा लोकप्रिय फिल्ममध्ये पर्छ। फिल्ममा अमजद खानले गब्बरसिंहको भूमिकामा जादु प्रस्तुत गरेका थिए भने संजीव कुमार, हेमा मालिनी र जया बच्चनको अभिनयले फिल्मलाई झनै बलियो बनाएको थियो।

हाल अमिताभ बच्चन आफ्नो आगामी फिल्म ‘रामायण’को तयारीमा छन्। यस फिल्ममा रणबीर कपूरले भगवान राम, साई पल्लवीले सीता र अमिताभ बच्चनले ऋषि वशिष्ठको भूमिका निर्वाह गर्ने बताइएको छ। यो फिल्म विश्वका कैयौं भाषामा रिलिज हुने तयारीमा छ भने यसको अनुमानित बजेट ४ हजार करोड रुपैयाँ रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?