काठमाडौँ – नेपाली भान्सामा प्रयोग हुने मसला स्वाद र गन्धका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छन्। विशेषगरी पाचन प्रणालीलाई बलियो बनाउने कार्यमा यी मसलाहरूको भूमिका महत्वपूर्ण हुन्छ।
विशेषज्ञहरू भन्छन्—हामी दैनिक रुपमा प्रयोग गर्ने केही सामान्य मसालामा यस्ता गुण हुन्छन् जसले पाचन सुधार्न, ग्यास हटाउन, अपच कम गर्न र पेटलाई आराम दिन मद्दत गर्छन्।
१. जीराः पाचन प्रणालीको सहारा
भान्सामा प्रायः प्रयोग हुने जीरा थाइमोल नामक तत्वले भरिपूर्ण हुन्छ, जसले पेटका पाचन एन्जाइमलाई सक्रिय बनाउँछ। यसले ग्यास, पेट फुल्ने र अपचका समस्या हटाउँछ।
२. अजवाइनः ग्यास र पेट दुखाइको औषधि
अजवाइनको स्वाद तितो भए पनि यसको फाइदा मीठो छ। यसले ग्यास हटाउने, पेट दुखाइ कम गर्ने र अपचमा राहत दिने काम गर्छ। खाना खाएपछि चिमोटाजस्तो भएको महसुस हुने व्यक्तिका लागि अजवाइन अचूक उपाय हो।
३. हल्दीः सूजन र अपच दुवैमा प्रभावकारी
हल्दी प्राकृतिक एन्टिबायोटिक मात्र होइन, एन्टिइन्फ्लेमेटोरी गुणले भरिपूर्ण मसला पनि हो। पाचन सुधार गर्नुका साथै यो आन्द्रामा भएका सूजनलाई कम गर्छ।
४. दालचिनीः मेटाबोलिज्म र पाचनको सहायक
दालचिनी शरीरको पाचन प्रक्रियालाई द्रुत बनाउने मसला हो। यसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ, पेट हल्का बनाउँछ र खाना छिटो पचाउन मद्दत गर्छ।
५. सौंफः माउथ फ्रेशनर मात्र होइन, पाचन सुधारक
खाना खाएपछि दिइने सौंफमा एन्टिअक्सिडेन्ट र फाइबर पाइन्छ। यसले पाचनलाई सहज बनाउनुका साथै ग्यास र जलन हटाउँछ।
पाचन प्रणाली कमजोर हुने, बारम्बार ग्यास वा अपचको समस्या हुने व्यक्तिहरूले यी मसलाहरूलाई नियमित खाना पकाउँदा प्रयोग गर्न सल्लाह दिइन्छ। यद्यपि अत्यधिक प्रयोग गर्दा असर उल्टो पर्न सक्छ।
स्वादिलो परिकारका लागि मात्र नभई, स्वस्थ पेट र राम्रो पाचनका लागि पनि भान्साका मसला अत्यावश्यक छन्। तपाईंको भान्सामा रहेका यी मसलाहरूले सस्तोमा स्वास्थ्यको सुरक्षा दिन सक्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया