काठमाडौं- तीजको तयारी सुरु भएसँगै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यसै क्रममा ‘तीजको पार्टीमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा रमा कार्कीको शब्द, महेश खड्काको संगीत र अभिज्ञा घिमिरेको स्वर सुन्न सकिन्छ।
गीत म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रंगीन तीज उत्सवलाई लक्षित गर्दै बनाइएको गीतमा मौलिकता र आधुनिकताको मिश्रण देखिएको छ।
सार्वजनिक भिडिओमा मोडल अञ्जली अधिकारी, सज्जु बुढाथोकी, सोनम चौधरी लगायत कलाकारहरूको अभिनय र नृत्य प्रस्तुत गरिएको छ। भिडिओलाई मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका हुन्।
गीतमा आकर्षक शब्द, लय र अभिनयको संयोजन देखिएको छ, जसले तीज पर्वको रमाइलो माहोल दर्शाउने प्रयास गरेको छ। सामाजिक सञ्जालमा गीतको भिडियोले राम्रो प्रतिक्रिया पाउँदै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया