मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करिश्मा–अभिषेकको इन्गेजमेन्ट टुट्नुको रहस्य खुल्दै : निर्माता सुनील दर्शनको कथनले मिडियामा हलचल

काठमाडौँ – एक समय बलिउडको चर्चित जोडी बनेका करिश्मा कपूर र अभिषेक बच्चनको इन्गेजमेन्ट किन टुट्यो ? दर्शक र मिडियाले लामो समयदेखि जवाफ खोजिरहेको यो प्रश्नको उत्तर हालै निर्माता–निर्देशक सुनील दर्शनले दिएका छन्।

सुनील दर्शनले हालै एक अन्तर्वार्तामा करिश्मा र अभिषेकको इन्गेजमेन्ट टुट्नु पछाडि “व्यक्तिगत सम्बन्धको कमजोरी नभई, बाह्य दबाब” मुख्य कारण रहेको खुलासा गरेका हुन्। उनले करिश्माको पारिवारिक पृष्ठभूमि, संघर्ष र आमा बबिता कपूरको भूमिका बारे पनि उल्लेख गरे।

सुनील दर्शनले करिश्मा र अभिषेकबीच राम्रो सम्बन्ध रहेको र फिल्म ‘हां मैने भी प्यार किया’ मा उनीहरूबीचको “प्राकृतिक र गहिरो केमिस्ट्री” प्रस्ट देखिएको बताए। उनले भने, “तपाईं त्यो फिल्म हेर्नुस्, तपाईंलाई थाहा हुन्छ – उनीहरूबीच केमिस्ट्री थियो।”

तर, उनले दुखका साथ भने, “कहिलेकाहीँ सम्बन्धहरू बाहिरी दबाबले बिथोलिन्छन्। मलाई लाग्छ, उनीहरूबीच समस्या थिएन, तर वरपरको वातावरणले त्यसमा असर गर्‍यो।”

निर्माताले करिश्मा र करिनाको जीवनप्रति सहानुभूति व्यक्त गर्दै भने, “यी दिदीबहिनीको जीवनमा भाग्यले निकै उतारचढाव ल्यायो। तर उनीहरूलाई सँधै आमा बबिता जीले बचाउने प्रयास गरिरहिन्। उनले गल्ती गरिन् होला, तर उनी भगवान होइनन् – एक आमाको नाताले उनले जे गरिन्, त्यो असल नियतबाटै थियो।”

अक्टोबर २००२ मा अमिताभ बच्चनको ६०औं जन्मदिनमा करिश्मा र अभिषेकको इन्गेजमेन्टको सार्वजनिक घोषणा भएको थियो। तर जनवरी २००३ मा कुनै स्पष्ट कारण नबताई इन्गेजमेन्ट तोडिएको घोषणा गरिएको थियो, जसले मिडिया तथा फ्यानहरूलाई आश्चर्यचकित बनाएको थियो।

अभिषेक बच्चनले २००७ मा ऐश्वर्या रायसँग विवाह गरे र अहिले उनीहरू एक छोरी आराध्यासँग परिवार जीवन बिताइरहेका छन्। अर्कोतर्फ करिश्मा कपूरले २००३ मा व्यापारी संजय कपूरसँग विवाह गरिन्, तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन। हाल उनी दुई बच्चाकी एकल आमा हुन्।

करिश्मा–अभिषेकको ब्रेकअप बलिउडको चर्चित घटनामध्ये एक थियो। वर्षौँपछि निर्माता सुनील दर्शनले सार्वजनिक गरेको ‘बाह्य दबाब’ को संकेतले यो प्रेम कहानीको अधुरो अध्याय फेरि चर्चा बन्न पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?