मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नवीन सुब्बाले नयाँ फिल्म ‘लाहुरेको जुत्ता’ निर्देशन गर्ने

काठमाडौं- निर्देशक नवीन सुब्बाले तेस्रो चलचित्र ‘लाहुरेको जुत्ता’ निर्देशन गर्न लागेका छन्। यसअघि ‘नुमाफुङ’ र ‘गाउँ आएको बाटो’जस्ता समीक्षात्मक सफल फिल्म निर्माण गरिसकेका सुब्बाले अब लिम्बु समुदायको जीवनशैलीमा आधारित कथामा काम गर्दैछन्।

फिल्मको निर्माण मेन्छायम पिक्चर्सले गर्नेछ भने निर्माणको जिम्मा आमोद राई र पूर्णसिंह बराइलीले लिएका छन्। फिल्मको तयारी अन्तर्गत अहिले कलाकार छनोट प्रक्रिया सुरु भइसकेको निर्माण पक्षले जनाएको छ।

निर्माताका अनुसार फिल्मको छायांकन २०८२ सालको असोज महिनाबाट सुरु हुनेछ। त्यसका लागि पूर्वी नेपालका लिम्बु बस्तीहरूमा उपयुक्त छायांकन स्थलको खोजी तीव्र गतिमा भइरहेको छ।

निर्माता आमोद राईका अनुसार, “फिल्मको कथा लिम्बु समुदायसँग गहिरो सम्बन्ध राख्दछ। यदि तपाईंको गाउँ छायांकनका लागि उपयुक्त लाग्छ भने फोटो वा भिडियो पठाइदिनुहोला।”

यो चलचित्र २०४० को दशकमा आधारित सामाजिक परिवेशमा तयार पारिने छ। निर्माण टोलीले फिल्मले मौलिक संस्कृति, जातीय पहिचान र ग्रामीण जीवनशैलीलाई पर्दामा प्रभावकारी ढंगले उतार्ने बताएको छ।

‘लाहुरेको जुत्ता’ ले नेपाली सिनेमामा जातीय विविधता र सामाजिक यथार्थलाई केन्द्रमा राख्दै ग्रामीण समाजको जरा र आत्मा उजागर गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?