काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा २ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया