मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थान रवि किशनले लिए

काठमाडौं- बलिउड सुपरस्टार अजय देवगनको मुख्य भूमिका रहेको फिल्म ‘सन अफ सरदार २’ अब छिट्टै प्रदर्शनमा आउँदैछ।

फिल्ममा यसपटक अभिनेता रवि किशन ‘बिहारी सरदार’को भूमिकामा देखिने भएका छन्। सुरुमा उक्त भूमिकाका लागि सञ्जय दत्तलाई कास्ट गरिएको थियो। तर बेलायतको भिसा अस्वीकृत भएपछि उनी फिल्मबाट बाहिरिए, र उनको स्थानमा निर्माता तथा मुख्य अभिनेता अजय देवगनले रवि किशनलाई प्रस्ताव दिए।

रवि किशनले हालै एक पोडकास्ट कार्यक्रममा सहभागी हुँदै यो जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार, अजय देवगनले उनलाई फोन गरी भने, “यार रवि, समस्या आयो। ४० दिन विदेश जान मिल्छ?” त्यसपछि उनले सञ्जय दत्तको भिसा रिजेक्ट भएको र भूमिका तत्काल आवश्यक रहेको जानकारी दिएका थिए।

राजनीति र फिल्म दुवैमा सक्रिय रहेका रविले आफ्नो व्यस्त कार्यतालिकाबीच समय निकालेर फिल्ममा सहभागी हुने निर्णय गरे। उनले भने, “सञ्जय दत्त जस्तो दिग्गज कलाकारको स्थान कोही लिन सक्दैन। तर परिस्थिति यस्तो आयो कि म यो भूमिकामा आएँ। यो भाग्य हो, संयोग हो।”

फिल्ममा रवि किशन ‘बिहारी सरदार’को भूमिकामा देखिँदै छन्, जसलाई उनले अत्यन्त गर्वको पात्र मानेका छन्। “बिहारमा सरदार समुदायको उपस्थिति ठुलो छ। यस पात्रले उनीहरूलाई प्रतिनिधित्व गर्नेछ,” उनले बताएका छन्।

‘सन अफ सरदार २’ सुरुमा यही जुलाई ९ मा प्रदर्शन हुने घोषणा गरिएको थियो। तर निर्माण टिमले अब रिलिज मिति एक हप्ता पछाडि सारेर जुलाई १६ मा प्रदर्शन गर्ने तयारी गरेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?