काठमाडौं- नेपाली तिज भाकामा आधारित नयाँ गीत “पठाउ चढेर” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। लोकसंस्कृति र समसामयिक नारी भावनालाई समेट्ने यस गीतमा लोकप्रिय अभिनेत्री रेजिना उप्रेती र कलाकार हरी भण्डारी को आकर्षक अभिनय देख्न पाइन्छ, जसले भिडियोमा अतिरिक्त ऊर्जा र चमक थपेको छ।
गीतको निर्देशन ईश्वर बल्लभ उप्रेती ले गरेका छन् भने कोरियोग्राफीको जिम्मा प्रदिप कुमार रसाइली ले सम्हालेका छन्। गायनमा सुबिना श्रेष्ठ र राजु आरडी को सुमधुर स्वरले गीतलाई झन् लयात्मक बनाएको छ।
काठमाडौं र भक्तपुरका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा डान्सिङ फ्लेभर, मौलिक तिज संस्कार र भौगोलिक सौन्दर्यको उत्कृष्ट संयोजन देख्न सकिन्छ। गीतका शब्द र संगीत राजु आरडी को रहेको छ भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ याचबिएन किस्मतले गरेका हुन्।
भिडियोको छायाङ्कन रामेश्वर हुमागाईं, सम्पादन टेकेन्द्र शाह र मेकअप राकेस रनपाल को रहेको छ। सम्पूर्ण टिमको समर्पण र रचनात्मकतालाई भिडियोमा स्पष्ट रूपमा अनुभूत गर्न सकिन्छ।
भिजुअल, संगीत र प्रस्तुतीकरणको हिसाबले “पठाउ चढेर” युट्युब तथा अन्य डिजिटल प्लेटफर्ममा छिट्टै लोकप्रिय हुने विश्वास गरिएको छ। तिज नजिकिंदै गर्दा संगीतप्रेमीहरूका लागि यो गीत विशेष उपहार सावित हुने अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया