काठमाडौँ – बलिउडका चर्चित अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीले हालै आफ्नो पहिलो सन्तान छोरी स्वागत गरेका छन्। यस खुशीको अवसरमा अभिनेत्री तमन्ना भाटियाले पनि जोडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छन्। उक्त बधाई दिने क्षणलाई कैद गरिएको भिडियो हाल सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेकाे छ।
तमन्ना भाटियाले एक अन्तर्वार्तामा खुलासा गरिन् कि उनले सिद्धार्थ र कियारालाई छोरीको जन्मको समाचार थाहा पाउने बित्तिकै व्यक्तिगत रूपमा बधाई सन्देश पठाएकी थिइन्। उनले उनीहरूलाई “बलिउडका सबैभन्दा सम्माननीय र प्यारा जोडी” को रूपमा उल्लेख गर्दै, दुवैको उज्जवल भविष्यको कामना गरिन्।
सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले १६ जुलाईमा सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूसँग छोरीको जन्मको खुशी सेयर गरेका थिए। उनीहरूले उक्त सन्देशमा लेखेका थिए, “हाम्रो मन खुशीले परिपूर्ण छ र हाम्रो संसार सधैंका लागि परिवर्तन भएको छ। हामीलाई एक प्यारी छोरीको आशीर्वाद प्राप्त भएको छ।”
सिद्धार्थ र कियारा बीचको प्रेम सम्बन्ध फिल्म ‘शेर शाह’ को छायांकनका क्रममा स्थापित भएको थियो। उनीहरूले फेब्रुअरी २०२३ मा राजस्थानमा व्यक्तिगत रूपमा विवाह सम्पन्न गरेका थिए। कियारा आडवाणीले २०२५ को मेट गालामा सार्वजनिक रूपमा आफ्नो गर्भावस्थाको जानकारी दिएको यो प्रेमकथालाई थप चर्चित बनाएको थियो।
सिद्धार्थ मल्होत्रा हाल ‘वीवन: जंगल की शक्ति’ नामक आगामी फिल्मको छायांकनमा व्यस्त छन्, जसको निर्देशन दीपक मिश्रा र अरुणाभ कुमारले गरेका छन्। यो फिल्म मध्य भारतको रहस्यमय जंगललाई केन्द्रमा राखेर भारतीय लोककथा र पुरातन रहस्यहरूलाई सिनेमाटिक रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। उक्त फिल्म १५ मे २०२६ मा प्रर्दशनका लागि तय गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया