मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनमोल केसी अब पारिश्रमिक होइन, फिल्ममा सेयर लिएर अभिनय गर्ने

काठमाडौं- अभिनेता अनमोल केसी पछिल्लो समय फिल्म ‘जेरी अन टप’ र होम प्रोडक्शनको नयाँ प्रोजेक्ट ‘बाटुलो जून’ को तयारीमा व्यस्त छन्।

नेपाली फिल्म उद्योगमा पारिश्रमिकको हिसाबले छुट्टै उचाइ बनाएका अनमोलले ‘ए मेरो हजुर-३’ बाट ४५ लाख रुपैयाँ लिँदै कलाकार पारिश्रमिकको नयाँ स्तर बनाएका थिए। त्यसयता चर्चित अभिनेता–अभिनेत्रीहरू ५० लाखभन्दा माथिको पारिश्रमिक माग गर्ने प्रचलन चलेको छ।

तर ‘ए मेरो हजुर-५’ मा उनले ५० लाख क्यास लिएको भन्ने हल्ला मात्र रहेको खुलेको छ। निर्माता सुनिल थापाका अनुसार, अनमोलले पारिश्रमिकको सट्टा फिल्ममा सेयर होल्डरका रूपमा सहभागी भएर काम गर्न राजी भएका हुन्।

थापाले भने, “अनमोल त अब पारिवारिक जस्तै भएका छन्। त्यसैले हामीले उनलाई थोरै रकम दिँदै फिल्मको सेयरमा समेटेका छौं।”

हाल फिल्मको स्क्रिप्टमा काम भइरहेको र तिहारपछि छायांकन सुरु हुने बताइएको छ। अनमोलले पारिश्रमिकभन्दा सेयरलाई प्राथमिकता दिएपछि अब अरू कलाकार पनि यो मोडल अपनाउँछन् कि भन्ने जिज्ञासा कलाकर्मीबीच बढेको छ।

यस निर्णयप्रति फिल्म क्षेत्रका कलाकार तथा दर्शकबाट अनमोललाई बधाई तथा समर्थन प्राप्त भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?