काठमाडौं- तीजको रौनक नजिकिँदै गर्दा नयाँ तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ। रमाइलो भाकासँगै आएको यो गीतमा रमा कार्कीको शब्द रचना, महेश खड्काको संगीत र अभिज्ञा घिमिरेको स्वर सुन्न सकिन्छ।
गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो। भिडियोमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीसहित सज्जु बुढाथोकी, सोनम चौधरीलगायत कलाकारहरूको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ।
गीतमा आधुनिक तीज शैलीलाई समेट्दै महिलाहरूको उत्सव, रमाइलो र मौलिक भावनालाई प्रस्तुत गरिएको छ। तीजको बेला सार्वजनिक भएका गीतहरू मध्य यो गीतले दर्शक तथा श्रोताको ध्यान खिच्न थालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया