मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छायांकनमै ६ घण्टा चलचित्र ‘एक्लो’को विशेष दृश्य तयार

काठमाडौँ- नेपाली सिनेमा उद्योगले वैज्ञानिक कथावस्तुमा नयाँ आयाम दिने लक्ष्यसहित निर्माण भइरहेको बहुप्रतीक्षित चलचित्र ‘एक्लो’ को एक विशेष दृश्य हालै काभ्रेको पनौतीमा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ।

निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट लामो वान सट (एकै लम्बाइमा खिचिएको) दृश्य खिच्न करिब ६ घण्टा समय लागेको थियो। यस दृश्यमा विजय लामा र दिया पुन प्रमुख भूमिकामा देखिएका छन्।

फिल्मको यस दृश्यमा पाइलट विजय लामाले सवारी दुर्घटनाको सामना गर्ने क्रममा जम्बीहरूको कारण उत्पन्न भिडभाड र अफ्ठ्यारो परिस्थिति चित्रण गरिएको छ। निर्देशक शाहीका अनुसार, फिल्मको कथा मोडिने प्रमुख बिन्दु यही दृश्यमा देखाइएको छ।

छायांकनका क्रममा कलाकारहरूले पटकपटक दौडेर कार र साइकलबीच भएको दुर्घटनास्थलमा पुग्ने क्रियाकलाप दोहोर्‍याउनुपरेको थियो। “सानो गल्ती हुँदा पनि पुनः सुरु गर्नुपर्थ्यो, जसले धेरै धैर्य र योजना माग्यो,” कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ले बताए।

फिल्म ‘एक्लो’ नेपाली फिल्म क्षेत्रमै दुर्लभ मानिने वैज्ञानिक कल्पनामा आधारित कथा बोकेको चलचित्र हो। प्रदीप खड्का मुख्य भूमिकामा रहेका फिल्मको पोस्ट–प्रोडक्सन कार्य हाल लन्डनमा भइरहेको छ। फिल्म क्रिसमस (पुष महिना) मा प्रदर्शनको तयारीमा छ।

यसअघि सार्वजनिक गरिएको टिजरले समेत ठूलो चर्चा बटुलिसकेको छ। टिजरमा विजय लामा, दिया पुन, बेनिशा हमाल, कविता नेपाली लगायत कलाकारहरू प्रस्तुत छन्।

फिल्मले यसअघि कान्स फिल्म फेस्टिभलको बजार क्षेत्र (मार्केट) मा उपस्थिति जनाउँदै अन्तर्राष्ट्रिय चासो समेत बटुलेको छ।निर्देशन प्रदीप शाहीले गरेका हुन्, जो बेलायतमा बसोबास गर्दै आएका छन् र यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्।

कलाकारहरूमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, जेमिन श्रेष्ठ, स्योन सविक सिंह र बेलायती अभिनेता जेमी बेकन छन्।

निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन्।

प्राविधिक पक्षमा छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाईन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाईन द्रोण प्रसाद पौडेल ‘ठेउके’ले सम्हालेका छन्।

फिल्म ‘एक्लो’लाई होलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्य लिइएको छ। यसले नेपाली सिनेमामा नयाँ ढोका खोल्ने विश्वास निर्माण टोलीले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?