मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व बुदोकैदो मार्सल आर्ट्समा सहभागी हुन नेपाली टोली अजरबैजान जाने

काठमाडौँ – विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १३ सदस्यीय नेपाली टोली अजरबैजानको बाकु जाने भएको छ ।

यही साउन ८ देखि १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पाँच पुरुष र दुई महिला गरी सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले खेल्ने छन् ।

प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, ‘अफिसियल’मा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठगायतले सफलताको शुभकामना दिदै बिदाई गरे । नेपाली टोली भोलि अजरबैजान प्रस्थान गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?