मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अवतार: फायर एन्ड ऐश’ रिलिज मिति सार्वजनिक, नयाँ खलनायकको पोस्टरले उत्साह थप्यो

काठमाडौँ – जेम्स क्यामरुन निर्देशित ब्लकबस्टर ‘अवतार’ श्रृंखलाको तेस्रो भाग ‘अवतार: फायर एन्ड ऐश’ आगामी १९ डिसेम्बर २०२५ मा विश्वव्यापी रिलिजको तयारीमा छ। निर्माताले नयाँ खलनायक ‘बरांग’ सहित नयाँ पोस्टर सार्वजनिक गर्दै एक्सक्लुसिभ ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेका छन्।

सन् २००९ मा पहिलो भाग रिलिज भएपछि ‘अवतार’ विश्वभरि लोकप्रिय फिल्म श्रृंखला बनेको छ। यसको दोस्रो भाग ‘अवतार: द वे अफ वाटर’ ले २०२२ मा विश्वव्यापी रूपमा २.३२ बिलियन अमेरिकी डलरभन्दा बढी बक्स अफिस कमाई गर्दै इतिहास रचेको थियो।

निर्माण पक्षले तेस्रो भाग ‘अवतार: फायर एन्ड ऐश’ को उत्पादनमा तीव्रता दिइरहेको छ र यसलाई १९ डिसेम्बर २०२५ मा क्रिसमसको अवसरमा रिलिज गर्ने तयारी छ। हालै सार्वजनिक गरिएको नयाँ पोस्टरमा देखाइएको खलनायक ‘बरांग’ले कथामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

निर्माताहरूले यसै सप्ताहन्त एक्सक्लुसिभ ट्रेलर सार्वजनिक गर्ने पनि जनाएका छन्, जसले विश्वव्यापी ‘अवतार’ प्रेमीहरूबीच उत्साह थप बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?