काठमाडौं- निर्देशक खिल बहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’ को निर्माण पक्ष र वितरक रोहित कट्टेलबीचको विवाद सुल्झिएको छ। सोमबार चलचित्र संघमा भएको आर्थिक सहमति पछि मंगलबार फिल्मको टिजर सार्वजनिक गरिएको हो।
कार्यकारी निर्माता बिरबल घलेका अनुसार, दुबै पक्षबीच सहमति जुटेपछि टिजर रिलिज गरिएको हो। कट्टेल पक्षलाई लागेको खर्च दिने सहमति भएपछि ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो।
यसअघि डिजिटल र विदेश वितरण अधिकारसम्बन्धी मतभेदले फिल्मको प्रचार रोकिएको थियो। अब भने फिल्म भदौ २० गते देशभर प्रदर्शनमा आउनेछ।
गोरखाको ग्रामीण परिवेशमा आधारित यस फिल्ममा गुरुङ समुदायको संस्कृति, प्रेम, धोका र बदलाको कथा समेटिएको छ। फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, बुद्धि तामाङ, अर्पण थापा लगायतको अभिनय छ।
निर्माणमा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स र रोटेपिङ इन्टरटेन्मेन्ट को सहकार्य रहेको फिल्मलाई उपेन्द्र सुब्बा ले लेखन तथा निर्देशन गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया