काठमाडौँ- नेपाली फिल्म ‘अभिमन्यु: च्याप्टर १’ले आफ्नो मोसन टिजर सार्वजनिक गरेको छ। मंगलबार निर्माण टिमले सार्वजनिक गरेको टिजरमा पैसाको लालच र त्यसले निम्त्याउने संकटलाई सांकेतिक रूपमा प्रस्तुत गरिएको छ।
फिल्म भदौ २७ गते नेपाली भाषामा रिलिज हुँदैछ भने हिन्दी संस्करण असोज ६ गते (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने निर्माता विनोद पौडेलले जनाएका छन्।
‘अभिमन्यु’ पैसाको लोभमा जालमा फस्ने र त्यहाँबाट उम्कन संघर्ष गर्ने पात्रको कथा हो। पोस्ट–प्रोडक्सनमा रहेका यस चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाको मुख्य भूमिका रहेको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्र सुशान्त गौतमको निर्देशनमा बनेको हो। ‘अभिमन्यु’ उनका लागि निर्देशनको डेब्यु पनि हो। चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् भने क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन्।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।
फिल्मको लाइन प्रोड्युसर जीवन शाक्य, सहायक निर्देशक आकाश उखेडा, सम्पादक मदन घिमिरे र निर्माण नियन्त्रक सरोज श्रेष्ठ रहेका छन्। शरद महतोले डिओपीको जिम्मेवारी सम्हालेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया