मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलेजो बिग्रन नदिन प्राकृतिक उपाय, खानुहोस् यी सुपरफुड्स

काठमाडौँ – कलेजो (Liver) शरीरको एक अत्यन्तै महत्वपूर्ण अंग हो, जसले विषालु तत्वहरू फिल्टर गर्ने, पाचन सहयोग गर्ने, भण्डारण गर्ने र सयौं प्रकारका कार्यहरू सम्हाल्ने काम गर्छ।

तर, बिग्रिएको जीवनशैली, फास्टफुड, अत्यधिक मद्यपान, मोटोपन र औषधिको अनियन्त्रित प्रयोगले कलेजोमा बोसो जम्ने, सुन्निने वा सिरोसिस जस्ता गम्भीर रोग निम्त्याउन सक्छ। तर समयमै सचेत भइ पोषक तत्वयुक्त खाना रोजेमा कलेजो दीर्घकालीन रूपमा स्वस्थ राख्न सकिन्छ।

कलेजो हाम्रो शरीरको यस्तो ‘मौन कार्यकर्ता’ हो, जसले विषाक्त पदार्थहरू हटाउन, पाचन सुधार गर्न र दिनरात कुनै आवाज बिना ऊर्जा कायम राख्न मद्दत गर्दछ। यदि तपाईं बुढेसकालमा पनि आफ्नो कलेजो फिट रहन चाहनुहुन्छ भने, आजैदेखि नै यसलाई सही आहारको लागि तयार गर्नुहोस्।

यी हुन् कलेजोको लागि फाइदाजनक खानेकुरा

हल्दी : क्लिन्जिङ गुणले भरिएको हल्दीमा कर्क्युमिन नामक तत्त्व हुन्छ जसले कलेजोको सूजन कम गर्छ र विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ।

लसुन : लसुनले लिभर इन्जाइम सक्रिय बनाउँछ, जसले शरीरबाट विषाक्त पदार्थ हटाउन सहयोग गर्छ। साथै, यसमा सेलेनियम र एलिसिन हुन्छ, जुन कलेजोको सुरक्षा कवचजस्तै हो।

हरियो सागपात : पालुंगो, मेथी, र मनपर्ने अन्य सागहरूले कलेजोमा हुने बोसो घटाउँछ र डिटक्स प्रक्रियालाई सहज बनाउँछ।

ग्रीन टी : यसमा प्रशस्त एन्टिअक्सिडेन्ट हुन्छ जुन कलेजोको कोषहरूलाई नोक्सानीबाट जोगाउँछ र बोसो घटाउन सहयोगी हुन्छ।

ओखर: ओखरमा पाइने ओमेगा-३ फ्याटी एसिड र ग्लुटाथियोनले कलेजोलाई डिटोक्स गर्न मद्दत गर्छ। तिनीहरूले फ्याटी लिभर समस्याहरूलाई पनि रोक्छन्। दैनिक एक मुट्ठी ओखर खानु फाइदाजनक हुन्छ।

बेरीहरू (जस्तै ब्लूबेरी, स्ट्रबेरी): एन्थोसाइनिन्स युक्त बेरीहरूले सुजन घटाउँछन् र कलेजोको क्षतिलाई रोक्छन्।

बच्नुपर्ने कुरा:

अत्यधिक तारेका, बोसीला खाना

नियमित रूपमा मद्यपान

अत्यधिक मीठो वा प्रशोधित चिनी

लामो समयसम्म अनावश्यक औषधिको प्रयोग

जीवनशैली परिवर्तन:

हरेक दिन हल्का व्यायाम वा वाकिङ

प्रशस्त पानी पिउने बानी

तौल नियन्त्रणमा राख्ने

तनाव व्यवस्थापन

कलेजो बिग्रिएपछि उपचार कठिन र महँगो हुन सक्छ, तर सुरुवातमै सही आहार र जीवनशैली अपनाउने हो भने बुढेसम्म पनि कलेजो बलियो र स्वस्थ राख्न सकिन्छ। आजैदेखि यी खानेकुरा आफ्नो खानपानमा समावेश गर्नुहोस् र कलेजोको दीर्घकालीन सुरक्षा गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?