काठमाडौं- निर्देशक चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा’मा सिम्रन पन्तले मुख्य भूमिका पाएकी छन्। टिकटक कन्टेन्ट क्रिएटरबाट चर्चा कमाएकी सिम्रनले डेब्यु फिल्म ‘होस्टेल ३’ बाट पहिचान बनाइसकेकी छिन्।
सोमबार निर्मातासँग लिखित सम्झौता गरेपछि उनले अभिनेता पल शाहसँग जोडी बाँध्ने पक्का भएको छ। ‘आ बाट आमा’ सिम्रनको दोस्रो फिल्म हुनेछ। यसअघि यस फिल्ममा विपना थापा र भारतीय अभिनेता प्रदीप रावत पनि अनुबन्धित भइसकेका छन्।
प्रदीप रावत निर्देशक पन्तकै अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’मा देखिएका थिए र यस फिल्ममा पल शाहको पिताको भूमिका निभाउने छन्।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुँदै गरेको ‘आ बाट आमा’ आगामी भदौदेखि छायांकनमा जान तयारीमा छ। निर्देशक पन्तका अनुसार फिल्म फागुन १५ बाट प्रदर्शनमा आउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया