मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माग्ने राजा’को दोस्रो गीत सार्वजनिक

काठमाडौं– निर्देशक ऋषि लामिछानेको निर्देशनमा तयार भएको बहुप्रतीक्षित नेपाली सिनेमा ‘माग्ने राजा’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।

सोमबार राजधानीमा आयोजित एक भव्य समारोहका बीच सिनेमामा समावेश नयाँ गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो। गीतमा हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनीश खड्का फिचर छन्।

गीतमा मस्ती, रमाइलो र व्यंग्यात्मक शैलीमा जीवनका विभिन्न पक्षहरू प्रस्तुत गरिएको छ। माग्ने बुढा र तक्मे बुढाको ख्यातिप्राप्त कमेडी शैलीले दर्शकलाई झनै लोभ्याउने विश्वास निर्माण समूहले जनाएको छ।

सिनेमामा वर्षा सिवाकोटी, मुनाल घिमिरेलगायतका कलाकारको पनि प्रमुख भूमिका रहेको छ। सामाजिक हास्यब्यङ्ग्यमा आधारित ‘माग्ने राजा’ आगामी भाद्र ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

निर्देशक ऋषि लामिछानेले गीतको सार्वजनिक कार्यक्रममा भने, “हामीले नेपाली समाजको यथार्थतालाई रमाइलो शैलीमा प्रस्तुत गर्न खोजेका छौं। माग्ने बुढा र तक्मे बुढाको यो यात्राले दर्शकलाई हसाउने मात्र होइन, सोच्न पनि बाध्य बनाउनेछ।”

गीतले अहिले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ, र दर्शकहरू सिनेमाको प्रतिक्षामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?