मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक

मुम्बई। बलिउडका चर्चित अभिनेता सन्नी देओल नयाँ अवतारमा देखिने तयारीमा छन्। हालै सुपरहिट फिल्म ‘गदर २’ पछि पुनः चर्चा बटुलिरहेका देओल अब हिन्दू धर्मग्रन्थ ‘रामायण’मा हनुमानको भूमिकामा देखिने चर्चा चुलिएको छ।

‘बोर्डर २’ को सुटिङ सकिएपछि सार्वजनिक भएको उनको नयाँ लुकले दर्शकमा उत्सुकता थपेको छ। हालै सन्नीले सामाजिक सञ्जालमा सेयर गरेको तस्विरमा उनी टोपी लगाएको, दाह्री खौरिएको र ऊनी चुरा ओढेको देखिन्छन्। पछाडिको पृष्ठभूमि कालो राखिएको यस तस्विरमा उनले क्याप्सनमा लेखेका छन्– “राम्रो लाग्यो।”

त्यही तस्विर लद्दाखको भएको उनले खुलासा गरेका छन्, जसले दर्शकमा प्रश्न जन्माएको छ– के उनी रामायणको सुटिङ लद्दाखमै गर्दै छन्? तर केही प्रशंसकको अनुमानअनुसार, उक्त तस्विर ‘बोर्डर २’ को सुटिङकै समयको पनि हुन सक्छ, किनभने पहिला सेयर गरिएको तस्विर पनि त्यही स्थानको थियो।

सन्नी देओल अहिले एकपछि अर्को ठूलो प्रोजेक्टमा व्यस्त छन्। ‘लाहौर १९४७’ को सुटिङ सकेका उनले हालसम्म यस फिल्मको रिलिज मिति सार्वजनिक गरेका छैनन्। त्यस्तै, आमिर खानको प्रस्तुति रहने यो फिल्मको भविष्य पनि अन्योलमा रहेको चर्चा छ।

‘रामायण’ र ‘बोर्डर २’ भने सन् २०२६ का बहुप्रतीक्षित फिल्ममध्ये पर्ने निश्चितजस्तै देखिन्छ। यी दुबै फिल्म सफल भए सन्नी देओलको क्यारियर नयाँ उचाइमा पुग्ने अनुमान गरिएको छ।

यसैबीच, ओटीटी प्लेटफर्मका लागि बनाइएको फिल्म ‘सफर’ पनि वर्षको अन्त्यमा रिलिज हुने तयारीमा रहेको जनाइएको छ। तर यसबारे आधिकारिक जानकारी आउन बाँकी नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?