मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ। वर्षायाम सुरु भएसँगै देशभर बाढी, पहिरो र अन्य दैवी प्रकोपका सम्भावित जोखिमलाई ध्यानमा राख्दै तथा पछिल्लो समय देशभर देखिएको रगतको अभाव न्यूनीकरण गर्न काठमाडौंको अनामनगरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा सामाजिक विकास भवनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा सयौंको संख्यामा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य प्राकृतिक विपत्तिको समयमै रगत अभावका कारण उत्पन्न स्वास्थ्य संकटलाई न्यून पार्नु तथा रक्त संकलन केन्द्रहरूमा रगत आपूर्तिमा सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रम काठमाडौं महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, नेपाल फलफूल थोक व्यवसायी संघ, यसोदा ग्रुप अफ इन्डस्ट्रीज (करेन्ट नुडल्स) र माइलस्टोन इन्फ्रास्टक्चर इन्जिनियरिङ कन्सल्टेन्सीको सहयोगमा सम्पन्न भयो।

उक्त रक्तदान कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी प्रमुख तथा विशिष्ट गीतकार एआईजी टेक तामाङ, चलचित्र नायक धिरेन शाक्य, गायक कुलेन्द्र विश्वकर्मा, सिडी विजय अधिकारी, संगीतकार नरहरी प्रेमी, निर्देशक माधवराज खरेल, संगीतकर्मी कस्तुप पन्त, संचारकर्मी द्वय सुमन पण्डित र सविता पोखरेल लगायत दर्जनौं श्रष्टा, कलाकार, संचारकर्मी, समाजसेवी र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरे।

कार्यक्रममा एयोशा ग्रुप अफ इन्डस्ट्रीजका अध्यक्ष तथा समाजसेवी चुन्ना पौडेल, नेपाल प्रहरीका एआईजी टेक तामाङ, प्रतिष्ठानका अध्यक्ष नारायण ब. थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा लगायतले रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिष्ठानका महासचिव तथा कार्यक्रम संयोजक सनम कठायतका अनुसार स्वास्थ्यप्रति संवेदनशील रहँदै आगामी दिनमा पनि प्रतिष्ठान विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा सक्रिय रहने प्रतिबद्धता लिएको छ।

यो कार्यक्रमले कलासंस्कृति र समाजसेवाको समायोजन गर्दै, विपद्का बेला जनताको जीवनरक्षामा सिर्जनात्मक क्षेत्रको योगदान देखाएको उदाहरण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?