मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैंमा सिनेम्याटिक क्रान्तिको घोषणासँगै ‘बलिदान’ देशब्यापी प्रचार अभियानमा

काठमाडौं- “गाउँ-गाउँ, बस्ती-बस्ती, टोल-टोल, कुना-कन्दरासम्म जता-जता नेपाली मन, त्यतै-त्यहाँ ‘बलिदान’ को गुञ्जन!”

यस नारासहित यो दशैंको फूलपातीमा प्रदर्शनमा आउने फिल्म ‘बलिदान’ ले देशव्यापी प्रवर्धन अभियानको धमाकेदार सुरुवात गरेको छ। बिहीबार गोङ्गबुस्थित ल्होत्से मलको बाहिरी भागमा ६० फिट अग्लो र १६ फिट चौडाइको विशाल पोस्टर राखेर प्रचार अभियान सुरु गरिएको हो।

पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रोधित मुद्रामा अभिनेता समीर भट्ट एक विशाल मानव आकृतिमाथि भालाजस्तो अस्त्र प्रहार गर्दै देखिन्छन्। आकाशमा कालो बादल, जमिनमा अन्धकार, र पृष्ठभूमिमा दन्किएको आगोले यो सिनेम्याटिक दृश्यलाई थप प्रतीकात्मक बनाएको छ।

निर्देशक सन्तोष सेन भन्छन्, ‘बलिदान’ केवल चलचित्र होइन, यो सिनेम्याटिक क्रान्तिको सुरुवात हो। उनले फिल्मलाई गाउँ–शहर, टोल–बस्ती हुँदै हरेक नेपालीको मनसम्म पुर्‍याउने लक्ष्य लिएको बताए।

यसअघि अभिनेता सौगात मल्ल को रहस्यमयी अवतार र समीर भट्ट, कविता राय को पात्र परिचय दिइने पोस्टरहरू पनि सामाजिक सञ्जालमा निकै चर्चित भएका थिए।

आसुसेन फिल्म्स प्रालिको प्रस्तुति रहेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको दमदार अभिनय रहेको छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।

योदशैँबलिदान_को भन्ने नारासँगै ‘बलिदान’ ले दशैंमा दर्शकलाई एउटा भावनात्मक र देशभक्तिपूर्ण यात्रामा लैजाने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?