मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनिता सान्याक लिम्बूको ‘बाँचुन्जेल’ सार्वजनिक 

काठमाडौं- गायिका सुनिता सान्याक लिम्बू र रबिना लिम्बूको सुमधुर स्वरमा सजिएको नयाँ मारुनी भाकाको गीत ‘बाँचुन्जेल’ सार्वजनिक भएको छ। यो गीत सुनिता सान्याक लिम्बूको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

“बाँचुन्जेल हाँसाखेल गर्ने हो,तकदिरमा के छ? भाग्यमा लेखिएको के छ? आखिरमा ओइलिएर झर्ने हो” भन्ने जीवनदर्शनमा आधारित यो गीतले छोटो र अनिश्चित जिन्दगीलाई रमाइलो र सकारात्मक दृष्टिकोणले हेर्न प्रेरित गर्छ।

गीतको शब्द तथा संगीत चर्चित संगीतकर्मी शशि गुरुङ को रहेको छ भने संगीत संयोजन सागर संसार राईले गरेका छन्। गीतको रेकर्डिङ ‘माहोल रेकर्डिङ स्टुडियो’ मा सम्पन्न भएको हो।

गीतको भिडियो पक्ष पनि अत्यन्त आकर्षक बनेको छ। भिडियोलाई किरण राईले निर्देशन, छायांकन र सम्पादन गरेका हुन्। भिडियोमा चर्चित मोडेल नायिका अनुषा राई, बबिन राई, र शंकेन राईको जीवन्त अभिनय देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?