मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इलामबाट सुरु भयो ‘मैझारो’ सिनेमा छायांकन

काठमाडौं– नेपालको पूर्वी पहाड, विशेष गरी इलाम र पाँचथर जिल्लाको जीवनशैली र संस्कृतिलाई पर्दामा उतार्ने उद्देश्यसहित नयाँ नेपाली सिनेमा ‘मैझारो’ को छायांकन सुरु गरिएको छ।

साउने सङ्ग्रान्तिको अवसर पारेर साउन १ गतेदेखि औपचारिक रूपमा छायांकन थालिएको यो सिनेमाबाट अभिनेता विल्सन विक्रम राई (तक्मेबुढा) निर्देशनमा डेब्यु गर्दैछन्। उनले कथा, पटकथा र निर्देशन तीनै जिम्मेवारी आफैंले सम्हालेका छन्। निर्देशक राईका अनुसार सिनेमामा पूर्वी पहाडको मौलिक जीवनशैली, परम्परा, र सामाजिक यथार्थको गहिरो चित्रण हुनेछ।

सिनेमामा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू, र सुभाष सिंह ठकुरी जस्ता चर्चित कलाकारहरूको अभिनय रहनेछ।

सिनेमाको छायांकनको जिम्मा सौरभ लामाले सम्हालेका छन् भने संगीत संयोजन अनमोल गुरुङ र तोरेम्पा हाङ राई ले गर्दैछन्। गीतहरूमा राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, र अनमोल गुरुङ जस्ता लोकप्रिय स्वरहरू गुञ्जिने छन्।

‘मैझारो’ सिनेमा पूर्वी पहाडको सौन्दर्य र कथा बोकेर आउने तयारीमा छ, जसले नेपाली सिने जगतमा छुट्टै धार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?