मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

बगदाद- पूर्वी इराकको अल–कुट सहरमा रहेको हाइपर मार्केटमा भएको भीषण आगलागीमा ५० जनाको मृत्यु भएको छ । इराकी समाचार एजेन्सी (आईएनए) ले प्रान्तीय गभर्नरलाई उद्धृत गर्दै यो समाचार छापेको हो ।

यस दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा पाँच तले एक भवनमा आगो लागेको देख्न सकिन्छ । अग्नि नियन्त्रकहरू भने भवनमा लागेको आगो निभाउने कोसिसमा व्यस्त देखिन्थे ।

आईएनएको रिपोर्ट अनुसार, अग्नि नियन्त्रकहरू आगो निभाउनमा व्यस्त छन् भने राहत र उद्धार कार्य भइरहेको छ । घटनास्थलबाट अग्नि नियन्त्रकहरूले कयौँ मानिसको उद्धार गरेको भनिएको छ ।

अहिलेसम्म आगलागीको कारण थाहा हुन नसकेको बताइएको छ । प्रान्तीय गभर्नरले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । यसको प्रारम्भिक नतिजा ४८ घण्टा भित्र घोषणा गरिनेछ । घटनालाई ध्यानमा राख्दै, भवन र मलको मालिक विरुद्ध मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?