मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौँ- साउन महिनाको पहिलो दिन अर्थात् साउने सङ्क्रान्तिको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड देखिएको छ।

भगवान् शिवको आराधनाका लागि विशेष मानिने साउन महिनामा भक्तजनहरूले हरियो चुरा, पोते, मेहन्दी लगाउने, व्रत बस्ने र पूजा–अर्चनामा संलग्न हुने परम्परा पछ्याउँदै मन्दिरमा उपस्थित भएका हुन्।

साउन १ गतेदेखि सूर्य दक्षिण तर्फ गन्तव्य बढाउने भएकाले आजदेखि ‘दक्षिणायन’ आरम्भ भएको मानिन्छ। माघ १ मा सुरु हुने ‘उत्तरायण’ र साउन १ मा सुरु हुने ‘दक्षिणायन’ हिन्दू धर्ममा विशेष धार्मिक महत्वका साथ मनाइन्छन्।

पशुपतिनाथ मन्दिर परिसर आज बिहानैदेखि श्रद्धालुहरूले भरिएपछि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?