मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्से ३४ अङ्कले बढ्दा नौ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो ।

आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४ हजार ५७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८१, विकास बैङ्क एक दशमलव २२, वित्त एक दशमलव ७९, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव ०८ र जीवन बीमा शून्य दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, लघुवित्त एक दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७६, व्यापार शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।

सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको रू ५२ करोड ३२ लाख ६३ हजार ६३ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको १२ लाख २१ हजार ६०० कित्ता शेयर खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?