मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उज्ज्वल निकमको सनसनीपूर्ण दाबी : ‘सञ्जय दत्तले सहयोग गरेको भए मुम्बई जोगिन्थ्यो’

काठमाडौँ – राजस्थान अदालतका विशेष अभियोजक तथा हालै राज्यसभामा मनोनित वरिष्ठ अधिवक्ता उज्ज्वल देवराव निकमले सनसनीपूर्ण खुलासा गरेका छन् । निकमले बलिउड अभिनेता संजय दत्तले प्रहरीलाई जानकारी गराएको भए १९९३ मा मुम्बईमा भएको बम विस्फोटबाट बच्न सकिने दाबी गरेका छन् ।

विशेष अभियोजक तथा राज्यसभा मनोनित सदस्य उज्ज्वल निकमले हालैको एक अन्तर्वार्तामा १९९३ मा मुम्बईमा भएको बम विस्फोट र बलिउड अभिनेता संजय दत्तको बारेमा चकित पार्ने दाबी गरेका हुन्। उनले यदि संजय दत्तले मुख खोलेका भए मुम्बई शहर बम विस्फोटबाट हल्लाउने थिएन र २६७ जनाको ज्यान बच्ने बताएका छन् । 

१९९३ को बम विस्फोट सहित धेरै हाई-प्रोफाइल आतंकवादी मुद्दाहरूमा विशेष सरकारी वकिल रहेका उज्ज्वल निकमले एनडीटीभीलाई दिएको अन्तर्वार्तामा अबु सलेमले बम विस्फोट हुनुभन्दा एक दिन अघि संजय दत्तको घरमा हतियारले भरिएको भ्यान ल्याएकाे समेत बताएका छन् ।

अभिनेताले त्यसबाट केही हातहतियार र बन्दुकहरू उठाएका थिए, यद्यपि, उनले एके-४७ बन्दुक मात्र आफूसँग राखेका थिए र बाँकी सबै फिर्ता गरेका थिए। यदि संजय दत्तले हतियारले भरिएको भ्यानको बारेमा प्रहरीलाई जानकारी गराएको भए, प्रहरीले अनुसन्धान गर्ने थियो र १२ मार्च १९९३ मा मुम्बईमा भएको बम विस्फोट रोक्न सकिने भनि निकमले बताएका छन् ।

अगाडी उनले थप भने, “यति ठूलो आतंकवादी हमला गर्नुको कारण प्रहरीलाई जानकारी नदिनु थियो। अभिनेताको मौनताका कारण धेरैको ज्यान गयो।” संजय दत्तलाई अवैध हतियार राखेको आरोपमा टाडा अन्तर्गत पक्राउ गरिएको थियो। यद्यपि, पछि उनलाई हतियार ऐन अन्तर्गत मात्र दोषी ठहराइएको थियो र पाँच वर्षको जेल सजाय सुनाइएको थियो। अभिनेताले पुणेको येरवडा जेलमा यो सजाय पूरा गरे। उनी २०१६ मा रिहा भएका थिए ।

अन्तर्वार्ताको क्रममा निकमले हतियार ऐन अन्तर्गत दोषी ठहरिएपछि उनले संजय दत्तलाई भनेको कुरा पनि बताएका छन् । निकम भन्छन्, मैले उनको अनुहार परिवर्तन भएको देखेँ। मलाई लाग्यो कि उनी स्तब्ध छन्। उनी फैसला सहन असमर्थ थिए र उनको अनुहार काँपिरहेको थियो। मैले साक्षी पेटीमा उभिएर संजय दत्तलाई भने, ‘सञ्जय, यस्तो नगर। मिडियाले तिमीलाई हेरिरहेको छ। तिमी एक अभिनेता हौ। यदि तिमी सजायबाट डराएको देखिन्छौ भने, मानिसहरूले तिमीलाई दोषी ठान्नेछन्। तिमीसँग अपील गर्ने मौका छ।’ जवाफमा दत्तले “हो सर, हो सर” भने र त्यसपछि उनी चुप लागेर गए।

साेही अन्तर्वार्तामा निकमले संजय दत्त निर्दोष भएको पनि दाबी गरेका छन्। उनले बन्दुक राखेका थिए, किनभने उनी हतियारको शौकिन थिए। कानूनको नजरमा उनले अपराध गरे पनि, वास्तवमा उनी एक साधारण मानिस हुन्। संजयसँग एके-४७ थियो, तर उनले कहिल्यै प्रयोग गरेनन् निकमले अन्तर्वार्तामा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?