मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुलाई १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : दिन सामान्य रहेको छ। आजको यात्रामा समय र सम्पत्ति दुवै खर्च हुने जोखिम छ। सहकार्यमा गरेको काम बन्ने योग छ। बिहान उठेर गणेशको आरधना गरे दिन सहज बन्नेछ। आज आश नगरेको ठाउँबाट धन आर्जन हुने देखिन्छ। स्वास्थ्य र शिक्षाले भने आशिंक फल दिनेछ।

ष : दिन राम्रो छ। ठूलासँग मनको कुरा खोल्नाले काम बन्नेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ। दाजुभाइ बन्धुसँग गरेको सहकार्यबाट लाभ मिल्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : दिन राम्रो रहेको छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनसक्छ। संयम धारण गर्नुपर्नेछ। आज आम्दानी बढ्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। जग्गा जमिनसम्बन्धी कारोबारमा घाटा हुनेछ। परिवारसँग खटपटि हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मनमा शान्ति मिल्नेछ।

सिंह : दिन राम्रो छ। अडैया शनिको प्रभाव भएकापनि शुभ ग्रहको बहुमत छ। परिवारमा मेलमिलाप हुनेछ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। विदेशमा भन्दा स्वदेशमा आम्दानीको स्रोत फेला पर्ने योग रहेको छ।

कन्या : दिन सामान्य छ। तपाईंको कामको बोझले शरीरमा शिथिलता ल्याउनेछ। विश्रामको आवश्यकता छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय हुनेछन्। परिवारसँग खटपटी बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

तुला : दिन सामान्य छ। तपाईको कामको फाइदा अरुले लिनेछन्। आफन्तले भन्दा अरुले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउने सम्भावना छ। पारिवारिक सम्बन्ध सामान्य छ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। अरुको कुराले मन दुःखी बनाउनेछ। साथीभाइसँगको जमघटले मन खुसी हुनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा ठगहरु सक्रिय हुनेछन्। सम्मान पाउने योग रहेको छ।

धनु : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम गर्न सहज छ। बौद्धिक साथी विपक्षी भएकाले बोलीमा ख्याल गर्नुपर्ने छ। पारिवारिक सम्बन्ध सहज हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्नेछ। शिक्षाको क्षेत्रमा प्रयास आवश्यक छ।

मकर : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्य लाभ हुनेछ। शिक्षामा तपाईंको उल्लेखनीय जोश जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा आउनेछ। शत्रु बढ्नेछन्। मानसम्मान बढ्नेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। दिन सामान्य राम्रो छ। आज खर्च बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। कुरा काट्ने बढ्नेछन्। स्वास्थ्यमा भने समस्या आउने छ। बिहानै उठेर शिवभजन गर्नु राम्रो हुनेछ।

मीन : दाजुभाइसँगको सहकार्यले तपाईलाई फाइदा हुनेछ। सानातिना कुराले मन तरंगीत हुनेछ। मध्य साढेसातीको प्रभाव रहेकाले हरेक काममा बाधा अड्चन देखिनेछ। गणेश भगवानको आरधना गर्नु उपयुक्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?