मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागमतीका १३ जिल्लाको बिचमा ब्याडमिन्टन प्रतियोगिता सुरू

भरतपुर – चितवनमा आज देखी कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ ।चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त प्रतियोगित हुन लागेको हो ।

कार्यक्रमको बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नेछन् । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद बिकास समितिका कर्मचारीहरु सहभागी हुनेछन् ।

उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले जानकारी दिए । यस्तै, आज नै मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । जसमा २४ टोली सहभागी हुने समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट ३, बागमती प्रदेश खेलकुद बिकास परिषदबाट ४, प्रदेश युवा परिषद हेटौंडाबाट १ तथा चितवन जिल्ला खेलकुद बिकास समितिबाट २ टिम हुनेछ । यस्तै बागमती प्रदेशकै अन्य १२ जिल्ला खेलकुद बिकास समितिबाट एक-एक टिम सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?