मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘चिठी’ भदौ २० मा प्रर्दशन हुने, पोस्टरसहित मिति घोषणा

काठमाडौँ- नेपाली फिल्म ‘चिठी’ यही भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति घोषणा गरेको हो।

फिल्मका लेखक तथा निर्देशक माधवराज खरेलका अनुसार ‘चिठी’ कमेडी, सस्पेन्स र थ्रिलर विधामा आधारित छ, जसले दर्शकलाई मनोरञ्जनका साथै रहस्यपूर्ण अनुभव दिनेछ।

फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, सञ्जित भण्डारी, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, शान्ति प्रिय, प्रविण भुषाल, श्रीदेव भट्टराई, नम्रता खरेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराईलगायत कलाकारको अभिनय रहनेछ।

‘चिठी’ काठमाडौँ, काभ्रेपलाञ्चोक, ललितपुरलगायत स्थानहरूमा छायांकन गरिएको हो। फिल्मको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन्। एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन्।

फिल्म निर्माण टिमले दर्शकहरूलाई थ्रिलर अनुभव दिने पूर्ण तयारी भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?