मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनिषा कोइरालाको रास्वपाको हस्ताक्षर अभियानमा समर्थन, भनिन्– रवि लामिछानेमाथि अन्याय भएको छ

काठमाडौँ- अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गरेको देशव्यापी हस्ताक्षर अभियानमा समर्थन जनाएकी छिन् । बिहीबार उनी रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर औपचारिक रूपमा ऐक्यवद्धता प्रकट गरिन् ।

हस्ताक्षर अभियानमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको स्पष्ट पारिन् । तर, नागरिकको हैसियतमा नेता रवि लामिछानेमाथि राज्यबाट अन्यायपूर्ण व्यवहार भएको महसुस भएको बताउँदै त्यसविरुद्ध आवाज उठाउन आएको जनाइन् ।

उनले भनिन्, ‘म कुनै पार्टीसँग आबद्ध छैन, तर एउटा सचेत नागरिकको हैसियतले लाग्छ– रवि लामिछानेमाथि गरिएको व्यवहार अनुचित छ । त्यसको विरोध गर्न म यहाँ आएकी हुँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रले प्रतिशोधका आधारमा व्यवहार गरेको आरोप लगाउँदै देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । यस अभियानमा सर्वसाधारणदेखि कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?