मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली भाषा र देशप्रेममा आधारित फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रिमियर सम्पन्न

काठमाडौं – नेपाली भाषा, साहित्य, कला र नेपालीपनलाई समर्पित भनिएको नयाँ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को विशेष प्रिमियर समारोह बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो।

चलचित्र शुक्रबार (भोलि)देखि देशभरका हलहरूमा एकैसाथ प्रदर्शनमा आउँदैछ। प्रिमियर कार्यक्रममा चलचित्रकर्मी, सञ्चारकर्मी, कलाकार, सुरक्षाकर्मी, साहित्यकारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्न खोजेको प्रयास निकै प्रशंसनीय रहेको बताए।

वरिष्ठ हास्यकलाकार राजाराम पौडेलले फिल्मको कथा नेपालीपनले भरिएको, प्रस्तुति देशभक्तिपूर्ण रहेको र नेपाली भाषाको महत्त्वलाई उजागर गर्ने प्रयास भएकाले यो हरेक नेपालीले हेर्नुपर्ने चलचित्र भएको उल्लेख गरे।

निर्देशक अशोक शर्माले फिल्मको तारिफ गर्दै दर्शकको मन जित्ने क्षमता रहेको बताए। लोकगायिका ज्योति मगरले फिल्मको विषयवस्तुले सम्पूर्ण नेपालीलाई छुन सक्ने भन्दै सारगर्भित प्रस्तुति भएको बताइन्।

सञ्चारकर्मी सुशील नेपालले विदेशमा हुँदा नेपाली भाषा, कला र संस्कृति कति महत्वपूर्ण लाग्छ भन्ने अनुभूतिलाई चलचित्रले जीवन्त रुपमा देखाएको बताए। उनले यस्तो खालको सामाजिक र देशप्रेमसम्बन्धी फिल्मलाई कर छुट दिनु राज्यको दायित्व भएको सुझाव समेत दिए।

चलचित्रका निर्देशक मित्र प्रधान (नर)ले प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाले आत्मबल बढेको बताए। फिल्ममा देखाइएको कथा, अभिनय र सन्देशप्रति दर्शकको रुचि देखेर उत्साहित भएको उनले बताए।

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् भने प्रस्तुति ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि.को रहेको छ।

चलचित्रमा नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतले अभिनय गरेका छन्।

फिल्मले नेपाली दर्शकमा भाषा, साहित्य र संस्कृति प्रतिको सम्मान र गर्वको भावना जागृत गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?