काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा आज बहुमूल्य धातु सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ।
बजार विश्लेषण अनुसार सुनको मूल्य ०.४२ प्रतिशतले घट्दै १३.९२ अमेरिकी डलरले घटेको छ। यो गिरावटसँगै सुन प्रति तोला ३ हजार २९५ डलरमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि हल्का गिरावट आएको छ। आजको कारोबारमा चाँदी ०.०२ डलर घटेर प्रति तोला ३६.५४ डलरमा झरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया