मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी ५ बानी, जसले तपाईंलाई बर्बाद पार्न सक्छन्: समयमै सचिनुहोस्!

काठमाडौं- सफल जीवनको चाहना हरेक व्यक्तिमा हुन्छ। तर, धेरैले थाहा नपाइकनै केही गलत बानीहरू आफ्नो दिनचर्यामा अपनाउँछन्, जसले उनीहरूको व्यक्तिगत, पेशागत र मानसिक जीवनलाई क्रमशः बिगार्न थाल्छ। यी बानीहरू सानातिना देखिए पनि दीर्घकालमा अत्यन्त विनाशकारी साबित हुन सक्छन्। आज हामी त्यस्ता ५ प्रमुख बानीहरूको चर्चा गर्दैछौं, जसले तपाईंलाई बर्बादीको दिशातिर डोर्याउन सक्छ।

१. काम थालेर अधुरै छोड्ने बानी
धेरै मानिसमा एउटै समस्या देखिन्छ – जोशका साथ नयाँ काम सुरु गर्ने, तर केही समयपछि छोडिदिने। चाहे पढाइ होस्, व्यापार, लेखन वा स्वास्थ्य सुधारको योजना – निरन्तरता नभए पछि कुनै पनि लक्ष्य पुरा हुँदैन। अधुरो प्रयासले आत्मबल कमजोर पार्छ र आत्मविश्वास गुमाउँछ। यस्तै निरन्तरताको कमीले मानिसमा “म असफल नै छु” भन्ने भाव पैदा गरिदिन्छ, जुन बर्बादीको थालनी हो।

२. अतिनिन्दा वा आत्मअवमूल्यन
“मबाट हुँदैन”, “म कमजोर छु”, “म सधैं असफल हुन्छु” भन्ने सोचले मानसिक स्वास्थ्य नष्ट गर्छ। निरन्तर आत्मनिन्दा गर्ने बानीले मानिसलाई गम्भीर तनाव, आत्मग्लानि र डिप्रेशनसम्म पुर्याउन सक्छ। यो बानीले न आत्मविश्वास रहन्छ, न उत्साह। सफल बन्न, पहिले आफ्नै क्षमतामा विश्वास गर्न जरुरी हुन्छ।

३. समयको दुरुपयोग
आज गर्ने कामलाई भोलिको नाममा ढिला गर्नु र आवश्यक समय मोबाइल, टेलिभिजन वा सामाजिक सञ्जालमा खर्च गर्नु – यिनै कारणले धेरै व्यक्तिको भविष्य बर्बाद भएको हुन्छ। समयमै पढाइ नगर्ने, काम नतोक्ने, लक्ष्यका लागि योजना नबनाउने बानीले जीवनको सम्भावनालाई बिस्तारै नष्ट गरिदिन्छ।

४. गलत संगत वा वातावरणको प्रभाव
साथीभाइ वा परिवारको दबाबमा परेर गलत बानीहरू (जस्तै – धूम्रपान, मद्यपान, जुवा, ग्याजेट लत आदि) अंगाल्ने हो भने, त्यो अन्ततः आत्मघाती हुन्छ। गलत संगतले मानिसको सोच, व्यवहार र निर्णय क्षमतामा नकारात्मक असर गर्छ। सफल बन्न सकारात्मक सोच भएका व्यक्तिहरूसँग संगत गर्नु आवश्यक छ।

५. कुनै जिम्मेवारी नलिने प्रवृत्ति
जसले आफ्नो गल्ती अर्काको घाँटीमा थोपर्छ, उसले कहिल्यै प्रगति गर्न सक्दैन। “मेरो कारणले यस्तो भयो” भनेर स्वीकृति दिन सक्ने क्षमता जिम्मेवार व्यक्तिमा हुन्छ। तर जो सधैं बहाना बनाउँछ, उ कहिल्यै सुधारतर्फ अग्रसर हुँदैन। जिम्मेवारी लिन नसक्ने बानीले व्यक्ति जीवनभर समस्याबाट भागिरहन्छ, समाधान खोज्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?