काठमाडौं- अभिनेता तथा निर्माता विल्सनविक्रम राई (तक्मे बुढा) ले नयाँ फिल्म मैझारो निर्माण गर्ने भएका छन्। तक्मे प्रोडक्सन को ब्यानरमा बन्ने फिल्ममा विल्सन आफैंले लेखन र निर्देशन सम्हाल्ने छन्।
फिल्ममा युवा अभिनेता धिरज मगर मुख्य भूमिकामा देखिने निश्चित भइसकेको छ। “धिरजसँग सम्झौता भइसकेको छ, अहिले अरू कलाकारको छनोट प्रक्रियामा छौं,” विल्सनले बताए।
मैझारो सोसल, लभस्टोरी र कमेडीको मिश्रणमा आधारित हुने राईले जानकारी दिए। फिल्मको छायांकन साउन पहिलो सातादेखि इलाम र पाँचथरका रमणीय स्थानहरूमा सुरु गरिनेछ। छायांकन निर्देशक सौरभ लामा रहनेछन् भने संगीत अनमोल गुरुङ र तोरेम्पाहाङ राईले तयार गर्नेछन्।
विल्सन स्वयं अभिनय गर्ने नगर्ने विषयमा भने टुंगो लागिसकेको छैन। फिल्मबारे थप जानकारी चाँडै सार्वजनिक गरिने उनले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया