मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

काठमाडौँ – हालै प्रशान्त महासागरमा यस्तो दुर्घटना भएको छ, जुन सुनेर सबै छक्क परेका छन् । खासमा १६६ जनाको अवशेष बोकेको एउटा अनौठो स्पेस क्याप्सुल पृथ्वीको परिक्रमा गरे पछि प्रशान्त महासागरमा दुर्घटनाग्रस्त भएको हो । यो हालै सार्बजनिक भए पछि मानिसहरू छक्क परिरहेका छन् ।

यो क्याप्सुल एक जर्मन स्टार्टअपले लन्च गरेको हो, जसको नाम ‘मिसन पसिबल’ राखिएको थियो । यसमा अन्तरिक्षमा गाड्न चाहने १६६ व्यक्तिको अवशेष र उनीहरूका शरिरका केही टुक्राहरू समावेश थिए।

हालै प्रकाशित समाचार अनुसार खासमा गत जुन २३ मा १६६ जना मानिसको अबशेष सहित सो क्याप्सुल अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । त्यसले पृथ्वीको दुईवटा परिक्रमा गरे पनि तेस्रो पटक कक्षमा चक्कर लगाउनु अघि प्रशान्त महासागरमा खसेको थियो । क्याप्सुल बनाउने एक्सप्लोरेसन कम्पनी (टीईसी) ले मिसन पसिबल ‘आंशिक रूपमा सफल’ भएको जनाएको छ ।

यस बारेमा समाचार लेखेको लिक्डइन् पोष्टले सो कम्पनिलाई उधृत गर्दै भनेको छ कि ‘हाम्रो अन्तरिक्ष यान ‘मिशन पोसिबल’ यो पटक आंशिक सफलता मात्रै हासिल गर्न सफल भएको थियो। क्याप्सुल सफलतापूर्वक प्रक्षेपण भयो, पेलोड कक्षामा ठीकसँग सञ्चालन भयो, क्याप्सुल लन्चरबाट अलग भएपछि आफैं स्थिर भयो, ब्ल्याकआउट पछि पुनः प्रवेश गरयो र संचार पुनः स्थापित भयो तर सोचे झै हुन सकेन् ।’ कम्पनीले यी सबै बिन्दुहरूलाई सफलताको रूपमा विचार गरिरहेको जनाउँदै भविष्यका मिसनहरूमा सफलताको नेतृत्व गर्ने दावी गरेको छ ।

कम्पनीको विज्ञप्तिमा यो पनि भनिएको छ कि जब क्याप्सुल पृथ्वीको कक्षामा फर्कियो, तल खस्नु अघि केही मिनेटको लागि कम्पनीसँग सम्पर्क विच्छेद भयो। स्टार्टअपले यो पनि भनेको छ कि अझै पनि हामी अचानक भएको दुर्घटनाको मूल कारणहरूको अनुसन्धान गरिरहेको छौं र छिट्टै थप जानकारी साझा गर्नेछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?