मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लमजुङमा एक वर्षमा दुई लाख २२ हजार बढी पशुलाई पूर्ण खोप

लमजुङ – यहाँ एक वर्षको अवधिमा दुई लाख २२ हजार बढी पशुमा पूर्ण खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार यस आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका आठ पालिकामा दुई लाख २२ हजार ८६९ पशुलाई पूर्ण खोप लगाएको हो ।

केन्द्रका निमित्त प्रमुख डा सुनील न्यौपानेका अनुसार विभिन्न रोगको नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर गाई, भैँसी, बाख्रा, बङ्गुर र कुकुरलाई खोप लगाइएको थियो । केन्द्रका अनुसार भैँसी ४८ हजार २७०, गाईबस्तु २६ हजार २५५, बाख्रा एक लाख २४ हजार २२५, भेडा १८ हजार ६२०, कुकुर चार हजार ५२२ र बङ्गुर ९७७ मा खोप लगाइएको थियो ।

जिल्लाका ७५ वडाका १६ हजार ५४१ किसानको यतिका सङ्ख्यामा खोप लगाइएको केन्द्रका निमित्त प्रमुख डा न्यौपानेको भनाइ छ । केन्द्रका अनुसार सबै बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका पशुचौपायमा पूर्ण खोप लगाइएको छ ।

पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता परिचालन गरिएको थियो । जिल्लामा सबैभन्दा बढी गाईको सङ्ख्यामा वृद्धि हुँदै गएको उक्त केन्द्रले जनाएको छ ।

पाँच वटा खोपले छ वटा मुख्य सङ्क्रमण रोग नियन्त्रण गर्ने र सो खोपले एक वर्षसम्ममात्र काम गर्ने र प्रत्येक वर्ष खोप लगाउने अभियान जारी रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?