मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको मृत्यु गएको छ। बाढीमा परेर कयौं घाइते भएका छन्।

अधिकारीहरूले क्याम्पमा रहेका २० भन्दा छात्रा हराइरहेको जनाएका छन्। ४ जुलाइमा मनाइने स्वतन्त्रता दिवसका धेरै कार्यक्रम भङ्ग भएका छन्। ४५ मिनेटको अन्तरमा ग्वाडोलाप नदी २६ फिट माथि उठेको थियो। हेलिकोप्टर, नौ वटा उद्धार टोली र स्थानीयहरू उद्धार कार्यमा संलग्न छन्।

केयर काउन्टीको पर्यटकीय क्षेत्र पूर्ण रूपमा नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन्। सो नदीमा हरेक वर्ष बाढी आउने भए पनि यस वर्षको बाढी असामान्य रहेको जनाइन्छ। ४ जुलाइका दिन स्वतन्त्रता दिवस मनाउनका लागि त्यहाँ धेरै जनाको भीड हुने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?