मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा

महेन्द्रनगर (धनुषा) – जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ ।

सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार बिघा क्षेत्रफलमा मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम करिब ९५ प्रतिशत पूरा भएको जानकारी दिए ।

रु १८ करोड ९१ लाखभन्दा बढीको लागतमा जनकपुरधामको मणिमण्डपसहित यहाँका पाँच स्थानमा काम भइरहेको त्यसमध्ये बढी लागतमा धार्मिक पर्यटकीयस्थल मणिमण्डप सौन्दर्यीकरण भइरहेको उनले बताए । निर्माण सम्पन्न भएपछि यसलाई जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ का वडाध्यक्ष जितबहादुर राउतले ऐतिहासिक महत्त्वको मणिमण्डपलाई विश्वका हिन्दू धर्मावलम्बीका लागि आकर्षक वैवाहिकस्थल बनाउन थालिएको र त्यसक्रममा सुविधा सम्पन्न प्यालेस भवन निर्माण भएको बताए । उक्त भवनमा ७० जना अटाउने हलसहित २१ वटा कोठा छन् । साथै यहाँ दुई वटा सुविधा सम्पन्न २४ कोठे धर्मशाला, विवाहमण्डप र दुई वटा पवेलियम रहेका छन् ।

आयोजना आर्थिक वर्ष २०७४/७५ देखि सुरुआत गरिएकामा यही असारभित्रमा सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका इञ्जिनियर निर्मलकुमार यादवले सोहीअनुसार अन्तिम चरणका काम भइरहेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?