मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हाच्छिउँ रोक्नु हुँदैन? स्वास्थ्यमा पर्न सक्ने असरहरू

काठमाडौँ- हाच्छिउँ शरीरको प्राकृतिक प्रक्रिया हो। जसले हाम्रो श्वासप्रश्वास प्रणालीलाई सफा राख्न सहयोग गर्छ। जब नाकभित्र धुलो, धुवाँ, परागकण वा कुनै एलर्जीक तत्त्व प्रवेश गर्छ।

तब शरीरले प्रतिक्रिया स्वरूप ती कणलाई बाहिर निकाल्न हाच्छिउँ गर्छ। तर धेरैजसो मानिसहरू सार्वजनिक स्थान वा औपचारिक परिस्थितिमा हाच्छिउँ आउँदा लाज वा असहज महसुस गरेर जबरजस्ती रोक्ने प्रयास गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

हाच्छिउँ गर्दा नाक र मुखबाट अत्यन्त तीव्र गतिको हावा निस्कन्छ। यदि यो हावा रोकियो भने त्यसले भित्रै चाप बढाउँछ र कान, आँखा वा मस्तिष्कमा असर पुग्न सक्छ। केही गम्भीर अवस्थामा कानको पर्दा फुट्न सक्ने, रक्तनली च्यातिने वा टाउको दुख्ने समस्या देखा पर्न सक्छ।

हाच्छिउँ रोक्दा फोक्सो र साइनसमा चाप असन्तुलन हुन सक्छ, जसले संक्रमणको जोखिम पनि बढाउँछ। साथै, हाच्छिउँ गर्दा मुटुको धडकन एकछिनको लागि कम हुन सक्छ, जुन स्वाभाविक भए पनि, यदि रोकियो भने हृदयमा अनावश्यक दबाब पर्न सक्छ।

त्यसैले, हाच्छिउँ आउँदा खुलेर छोड्नु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ। तर, सभ्य तरिकाले हाच्छिउँ गर्दा अरुलाई असर नपरोस् भनेर रुमाल वा कुहिनोले मुख छोप्नुपर्छ। त्यसपछि साबुन वा स्यानिटाइजरले हात सफा गर्नु आवश्यक हुन्छ।

निष्कर्षमा, हाच्छिउँ रोक्नु शारीरिक प्रणालीविरुद्ध जाने काम हो। शरीरले जुनसुकै प्राकृतिक प्रक्रिया सुरु गर्छ, त्यसको आफ्नै उद्देश्य हुन्छ। हाच्छिउँलाई रोक्नु होइन, सही तरिकाले व्यवस्थापन गर्नु नै बुद्धिमानी हो।

यहाँ प्रस्तुत छ हाच्छिउँबारेका ७ रोचक र वैज्ञानिक तथ्यहरू, जुन जान्नुभएको छैन होला:

१. हाच्छिउँ रोक्नु खतरनाक हुन सक्छ
हाच्छिउँ आउँदा नाक र मुखबाट तीव्र गतिको हावा निस्किन्छ। यसलाई जबरजस्ती रोकेमा त्यो हावा शरीरभित्रै फर्कन्छ, जसले टाउको दुख्ने, कान फुट्ने, रक्तनली च्यातिनेसम्मका गम्भीर असर पुर्याउन सक्छ।

२. हाच्छिउँ शरीरको ‘रिफ्रेश बटन’ हो
श्वासप्रश्वास प्रणालीमा जम्मा भएको धूलो, धुवाँ, परागकण वा भाइरसजस्ता कण हटाउन हाच्छिउँले सहयोग गर्छ। यसले श्वास नलीलाई ‘रिफ्रेश’ गर्छ।

३. हाच्छिउँ गर्दा मुटुको चाल क्षणभर घट्छ
हाच्छिउँ आउँदा शरीरको प्रेसर सन्तुलनका कारण एकछिन मुटुको चाल घट्न सक्छ। तर यो स्वाभाविक प्रक्रिया हो, कुनै हानीदायक कुरा होइन।

४. एउटै व्यक्तिलाई पटक–पटक हाच्छिउँ आउन सक्छ
कहिलेकाहीँ केही व्यक्तिलाई एकपटक होइन, लगातार तीन–चारपटकसम्म हाच्छिउँ आउँछ। यसको कारण नाकको संवेदनशीलता र शरीरको प्रतिक्रिया हो। यो रोग होइन।

५. प्रकाश देख्दा पनि हाच्छिउँ आउन सक्छ
लगभग २५–३५% मानिसमा यस्तो हुन्छ — जब उनीहरू उज्यालो हेर्छन्, हाच्छिउँ आउँछ। यसलाई फोटिक स्नीझ रिफ्लेक्स भनिन्छ, जुन अनुवंशिक हुन्छ।

६. हाच्छिउँ गर्दा नाकको गति १६० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ
हाच्छिउँ गर्दा नाक र मुखबाट निस्किने हावाको गति अत्यन्त तीव्र हुन्छ। वैज्ञानिकहरूले मापन गर्दा यसको गति १६० किमी/घण्टासम्म पुगेको पाएका छन्।

७. हाच्छिउँ गर्दा आँखामा असर नपरोस् भनेर आँखाले आपैmले बन्द गर्छ
कहिल्यै ध्यान दिनुभयो? हाच्छिउँ आउँदा आँखाले आपैm बन्द गर्छ। यो प्राकृतिक सुरक्षा प्रणाली हो, जसले आँखालाई हावाबाट बचाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?