काठमाडौं- रौनक श्रीवास्तवको शानदार शतकमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाइ ३५९ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो । विशाल योगफल बनाउन रौनकले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रन बनाए । त्यस्तै, जोय थापा ६१ रनमा अविजित रहँदा शिवांश बजगाइले ५४ रन बनाए ।
यस्तै, भुटानका सन्जय दोर्जीले ३ विकेट लिँदा तेन्जिन लोदेले १ विकेट लिए । हालसम्म खेलेका तीनवटै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया