काठमाडौं- धेरैजसो महिलाले ३०/३५ वर्ष पार गरेपछि फेसनमा आफूलाई पिछडिएको महसुस गर्ने गर्छन्। उमेरसँगै स्टाइलमा सम्झौता गर्नुपर्छ भन्ने सोच अझै पनि व्यापक छ। तर फेसन विशेषज्ञहरू भन्छन्— यो धारणा पूर्णतः गलत हो।
उमेर केवल एक संख्या हो, तपाईंको आत्मविश्वास, सोच र लुगा छान्ने शैली नै तपाईंको वास्तविक व्यक्तित्व बनाउँछ। विशेषतः महिलाहरूले उमेरसँग मेल खाने तर स्टाइलिस लुगा रोज्न सके, जुनसुकै परिस्थितिमा पनि आकर्षक देखिन सक्छन्।
उमेरसँग मेल खाने फेसन टिप्सः
सलवार–सूट
नरम कपडामा बनेका लामा कर्टी, सादगीपूर्ण डिजाइन, हल्का कढाई, मल्टिकलर मोटिफ वा हेमलाइनले सजिएको सलवार–सूट कुनै पनि उमेरमा पनि स्मार्ट देखिन्छ। पार्टीमा चाहिँ सिल्कको कूर्तासँग बानारसी दोपट्टाको जोडी उत्कृष्ट विकल्प हो।
पुराना बानारसी शाडीको पुनः प्रयोग
पुराना बानारसी शाडीका आँचल वा पारी प्रयोग गरेर कूर्ता वा स्कार्फ बनाउन सकिन्छ, जुन आधुनिक र परम्पराको समिश्रणमा स्टाइलिश देखिन्छ।
कम गहनामा उत्तम प्रभाव
भारी गहना होइन, एउटा स्टेटमेन्ट प्याचो, झुम्का वा ब्रास्लेट लगाउनुहोस्। लिपस्टिक र हल्का मेकअपले तपाईँको फेसन पूरा हुनेछ।
परफेक्ट फिट रोज्नुहोस्
शरीरको बनावट जस्तै होस् वा जस्तो छैन, सही मापनको लुगा लगाउँदा तपाईंको शरीरको बनावट आकर्षक देखिन्छ।
ब्ल्याक शेड अनिवार्य
ब्ल्याक टप, ड्रेस, जिन्स वा सारी वर्डरोबमा राख्नुहोस्। जुनसुकै इभेन्टमा ब्ल्याक लुक कहिल्यै पुरानो हुँदैन।
नी-लेंथ ड्रेस र स्ट्र्यापी टप्स
हातमुख हेरेर होइन, आत्मविश्वासका साथ स्ट्र्यापी टप वा घुँडासम्मको ड्रेस लगाउनुहोस्। थोरै फराकिलो स्ट्र्याप छान्नु अझ कम्फर्ट हुन्छ।
वान पिस ड्रेस र गाउन
३० पछि पनि गाउन, म्याक्सी वा वान पिस लुगा लगाउन कुनै रोकावट छैन। छुट्टी वा पार्टी दुवैमा मेल खाने ड्रेस हो।
जिन्स र फिटेड टप्स
उमेरसँगै स्किनी टिसर्ट होइन, स्मार्ट कूर्ता वा सर्टसँग जिन्स मिलाउनुहोस्। हाई वेस्ट जिन्स अझ उपयुक्त देखिन्छ।
साडीको जादू
यदि नियमित लुगा एकरस लाग्न थाल्यो भने, साडी रोज्नुहोस्। स्लीभलेस, ब्याकलेस वा टी–नेक ब्लाउजले तपाईंको स्टाइलमा नयाँपन ल्याउँछ।
मिड–लेंथ स्कर्ट
घुँडासम्मको स्कर्ट कुनै पनि लाइट वा म्याट टोनको कूर्तासँग पेयर गर्नुहोस्। लुक एकदम सन्तुलित देखिन्छ।
ज्याकेट वा कोट प्रयोग गर्नुहोस्
टाइट टप र जिन्स/स्कर्टको साथमा स्लीभलेस वा स्लीभवाला कोट लगाउँदा फेसन र शालीनता दुवै कायम रहन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया