मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी ‘रुकुम’ – पश्चिम रुकुम पश्चिमबाट एकजना गर्भवतीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । आज दिउँसो जिल्लाको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई थप उपचार लागि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल पठाइएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उनलाई सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए । उनका अनुसार नन्दकलाको पाठेघरको नलीमा गर्भ बसेको र बच्चा हुर्किंदै गएपछि नली फुटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा जिल्ला अस्पताल पु¥याइएको थियो ।

आज बिहान अस्पताल पु¥याइएकी नन्दकलाको जिल्ला अस्पतालमा सफल शल्यक्रिया भएको जनाउँदै उनलाई सघन उपचारको आवश्यकता परेपछि सुर्खेत पठाइएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा महेश चौलागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?