काठमाडौँ – फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय ‘बस स्टप’ जस्ता सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ ।
शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी ‘स्विमिङ पूल’ तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ ।
स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूम्रपान ‘प्यासिभ स्मोकिङ’ बाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताए । उनले भने, “जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।”
यो नियम इलेक्ट्रोनिक चुरोट ‘ई–सिगरेट’ मा लागू हुने स्पष्ट गरिएको छैन भने क्याफेहरूको बाहिरी टेरेसमा भने धूम्रपान गर्न पाइनेछ । नियम उल्लंघन गर्ने व्यक्तिलाई १३५ युरो ‘करिब १५८ अमेरिकी डलर’ जरिवाना तिर्नुपर्नेछ ।
फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूम्रपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्धलाई समर्थन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया