मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्राजिलको बेरोजगारी दर विगत दस वर्षयताको सबैभन्दा न्यून

रियो दि जेनेरियो– ब्राजिलमा चालु वर्षको मार्चदेखि मेसम्मको अवधिमा बेरोजगारी दर घट्दै ६.२ प्रतिशतमा पुगेको छ। जुन विगत दस वर्षको सोही अवधिमा सबैभन्दा कम हो भन्ने तथ्य ब्राजिलको भूगोल तथा तथ्याङ्क संस्थान (आइबिजिई) द्वारा सार्वजनिक गरिएको छ ।

संस्थानका अनुसार, डिसेम्बर–फेब्रुअरीसम्मको अघिल्लो त्रैमासिक अवधिमा बेरोजगारी दर ६.८ प्रतिशत थियो। हालको दर अघिल्लो अवधिको तुलनामा ०.६ प्रतिशत बिन्दुले कमी आएको हो। यस्तै, गत वर्षको यही अवधिमा ७।१ प्रतिशत रहेको दर अहिले ०.९ प्रतिशत विन्दुले घटेको देखिएको छ ।

उक्त त्रैमासिक अवधिमा करिब ६८ लाख व्यक्तिहरू बेरोजगार रहेको विवरण छ, जुन अघिल्लो त्रैमासिकको ७५ लाखभन्दा ८.६ प्रतिशतले कम हो। यो घटबढको आधारमा करिब ६ लाख ४४ हजार व्यक्तिहरूले रोजगारी प्राप्त गरेको देखिन्छ। त्यस्तै, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या करिब नौ लाख ५५ हजारले घटेको छ, जुन १२.३ प्रतिशतको गिरावट हो ।

आइबिजिईका विश्लेषक विलियम क्राटोकभिलका अनुसार, “बेरोजगारी दर घट्नुको प्रमुख कारण रोजगारी प्राप्त गर्ने व्यक्तिहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्नु हो । साथै, श्रमशक्तिको अपूर्ण उपयोग पनि घटेको पाइन्छ ।”

उनका अनुसार सामाजिक सुरक्षा प्रणालीमा योगदान पुर्‍याउने व्यक्तिहरूको सङ्ख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सर्वेक्षणको सन्दर्भ सप्ताहमा १४ वर्ष वा सोभन्दा माथिका ६ करोड ८३ लाख नागरिकहरू कुनै न कुनै प्रकारको रोजगारीमा संलग्न थिए ।

“यसले श्रम बजारको सुदृढीकरणलाई सङ्केत गर्दछ। औपचारिक रोजगारीमा आबद्ध तथा स्वरोजगारीमा रहेका धेरै व्यक्तिहरू नियमानुसार दर्ता भएका छन्, जसको फलस्वरूप पेन्सन प्रणालीमा योगदान पुर्‍याउने व्यक्तिको सङ्ख्या बढेको देखिन्छ,” विश्लेषक क्राटोकभिलले थप जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?