मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुत्केरी महिलाहरूमा देखिने डिप्रेशन: लक्षण, कारण र बच्ने उपाय

काठमाडौँ- सन्तान जन्मेपछि धेरैजसो महिलाहरूमा देखा पर्ने एक गम्भीर मानसिक समस्या हो — प्रसवपछिको डिप्रेशन (Postpartum Depression)। सुत्केरी महिलाहरूमा अचानक मूड परिवर्तन, निराशा, एक्लोपनको भावना, चिडचिडोपन, अशान्ति, रोइरहने मनस्थिति, वा आफ्नै बच्चाप्रति बेवास्ता गर्नेजस्ता व्यवहारहरू देखा पर्न सक्छन्।

यो अवस्थालाई सामान्य भनी बेवास्ता गर्नु हुँदैन। खासगरी सुत्केरी भएपछि चार हप्ताभित्र नै यसको लक्षण देखा पर्न सक्छ। यसमा महिलाले आफूलाई निरर्थक महसुस गर्नु, जीवनप्रति भय या निराशा बढ्नु, अत्यधिक सुत्ने वा निद्रामा समस्या देखिनु, र अनियमित जीवनशैली अपनाउनु पनि पर्छ।

प्रसवपछिको डिप्रेशन किन हुन्छ?
डाक्टरहरूको अनुसार, यो डिप्रेशन शरीरमा हुने हर्मोनल परिवर्तन, शारीरिक कमजोरी, नयाँ जिम्मेवारी, सामाजिक दबाब, तथा आत्म-छविमा आएको परिवर्तन (जस्तै तौल बढ्नु, स्ट्रेच मार्क्स आउनु, कपाल झर्नु) आदि कारणले हुन्छ।

कामकाजी महिलामा त झन् करियर र सन्तानको दायित्वको दोहोरो दबाब पनि मानसिक स्वास्थ्यमा असर पार्दछ। यस्ता महिलाहरू बढी संवेदनशील हुने सम्भावना हुन्छ।

लक्षणहरू:

  • लगातार थकाइ वा कमजोरी महसुस हुनु
  • निद्रामा गडबडी (निद्रा नआउनु या अत्यधिक सुत्नु)
  • निराशा, डर वा अपराधबोध
  • आफ्नै बच्चाप्रति झर्को लाग्ने
  • मनसाय कमजोर हुनु
  • आत्महत्याको सोच आउनु
  • कसरी सामना गर्ने?
    आफ्नो हेरचाह गर्नुहोस्: सन्तानजस्तै आफूलाई पनि माया गर्नुहोस्। पर्याप्त सुत्नुस् र पौष्टिक खाना खानुस्।
  • साथीभाइसँग समय बिताउनुहोस्: आफन्तसँग खुलेर कुरा गर्नुहोस्, शपिङ जानुहोस्, घुम्न निस्कनुहोस्।
  • परामर्श लिनुहोस्: लक्षण तीव्र भएमा मानसिक स्वास्थ्य विज्ञ वा चिकित्सकसँग सल्लाह लिनुहोस्।
  • मनपर्ने काम गर्नुहोस्: संगीत, चित्र बनाउने, पढ्ने वा हिँडडुल गर्ने जस्ता रुचिका काममा समय दिनुहोस्।
  • नियमित शारीरिक व्यायाम: योग, हल्का कसरत वा ध्यान डिप्रेशन घटाउने प्रभावकारी उपाय हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?