काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
नतिजा सम्बन्धी निर्णय गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने तयारी गरिएको छ। सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठकको समय भने तोकिएको छैन।
चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धिमा ६७ हजार ७१५ गरी ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। विद्यार्थी र अभिभावकहरू नतिजाको प्रतीक्षामा छन्। बैठकले नतिजा प्रकाशनको मिति तय गर्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया