मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टि ट्वान्टी आई वरीयतामा सन्दीप र ललितको छलाङ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय बलर वरीयतामा उल्लेखनीय उकालो लागेका छन्। स्कटल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरूले एकैपटक ठूलो छलाङ मारेका हुन्।

लेग स्पिनर सन्दीप लामिछानेले ४१ स्थान सुधार गर्दै टी–२० बलर वरीयतामा ७५औं स्थानमा उक्लिएका छन्। स्कटल्यान्डमा सम्पन्न टी–२० शृंखलाका चार खेलमा सन्दीपले कुल ९ विकेट लिएका थिए। लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका सन्दीपले पुनः आफ्नो लय समातेको देखिएको छ। उनको बलिङले नेपाललाई शृंखलामा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सघाएको थियो।

यस्तै, बायाँहाते स्पिनर ललितनारायण राजवंशीले पनि प्रभावशाली प्रदर्शन गर्दै २९ स्थान उक्लिँदै बलर वरीयताको ५४औं स्थानमा स्थान बनाएका छन्। स्कटल्यान्डविरुद्ध उनले ४ विकेट लिँदै टोलीका लागि महत्त्वपूर्ण योगदान दिएका थिए।

यी दुई स्पिनरको सुधारसँगै नेपाली बलिङ विभागमा पुनः आत्मविश्वास बढेको देखिन्छ। टी–२० बलर वरीयतामा सन्दीप र ललित क्रमशः ७५औं र ५४औं स्थानमा छन् भने दीपेन्द्रसिंह ऐरी ८१औं स्थानमा झरेका छन्।

साथै, एकदिवसीय बलर वरीयतामा पनि ललितले पाँच स्थान सुधार गर्दै ४८औं स्थानमा स्थान बनाएका छन्। सन्दीपले एक स्थान सुधार गर्दै ५४औं स्थानमा उक्लिएका छन्।

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी अझै पनि तेस्रो स्थानमा कायम छन्। भारतका हार्दिक पाण्ड्या पहिलो र अष्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रो स्थानमा छन्। टी–२० ब्याटिङ वरीयतामा कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ३२औं स्थानमा स्थान बनाएका छन्।

तर, केही नेपाली खेलाडी भने वरीयतामा तल झरेका छन्। गुलसन झा आठ स्थान खस्किँदै ६१औं, रोहित पौडेल पाँच स्थान घट्दै ६६औं, कुशल मल्ल ६ स्थान तल झर्दै ६८औं र करण केसी एक स्थान तल झर्दै ८१औं स्थानमा पुगेका छन्।

एकदिवसीय अलराउन्डर वरीयतामा दीपेन्द्र ५४, सोमपाल कामी ५६, सन्दीप ५९, करण केसी ६५, कुशल मल्ल ७४, ललित राजवंशी ८२, गुलसन झा ९२ र आरिफ शेख ९९औं स्थानमा छन्।

एकदिवसीय ब्याटिङ वरीयतामा कुशल भुर्तेल ८७, आरिफ शेख ९०, आसिफ शेख ९४ र कप्तान रोहित पौडेल ९९औं स्थानमा छन्।

टी–२० ब्याटिङमा दीपेन्द्रसिंह ऐरी ६१, रोहित पौडेल ६६, आसिफ शेख ७८ र कुशल भुर्तेल ८३औं स्थानमा छन्।

अन्ततः नेपालको समग्र अन्तर्राष्ट्रिय क्रिकेट वरीयता टी–२० मा १८औं र एकदिवसीय क्रिकेटमा १७औं स्थानमा यथावत रहेको छ।

सन्दीप र ललितको यो उकासो नेपाली क्रिकेटको लागि सकारात्मक संकेत हो। आगामी सिरिजहरूमा उनीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्न सके नेपाली टोलीको समग्र वरीयता झनै उक्लने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?