मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसईई नतिजा एक साताभित्र सार्वजनिक हुने तयारी

काठमाडौं – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार, उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ भने हाल नम्बर इन्ट्री र प्रमाणिकरणको काम तीव्र गतिमा भइरहेको छ।

उनका अनुसार, यदि प्रविधि र कामको गति सन्तोषजनक रह्यो भने असारको तेस्रो साताभन्दा अगावै नै नतिजा प्रकाशन सम्भव छ।

यद्यपि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य भए पनि गत चैत २० देखि वैशाख १७ सम्म शिक्षकमार्फत भएको आन्दोलनका कारण ढिलाइ भएको हो। गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?